समाचार

नौ नम्बर ल्याउनेलाई पैसा खाएर ६९ नम्बर दिने १० जना मध्ये एक पाण्डेले यसरी गरे आत्माहत्या

काठमाण्डौ । ९ नम्बर ल्याएका विद्यार्थीसँग पैसा खाएर ६९ नम्बर बनाएको आरोपमा अख्तियार दुरुपयोग अनुसंधान आयोगद्वारा पक्राउ गरेका १० जनामध्ये एकजना रामबहादुर पाण्डेले माडबारीको त्रिपुरेश्वरस्थीत घरबाट हामफालेर आत्मा हत्या गरेका छन् ।

९ नम्बर ल्याएका एक विद्यार्थीसँग लाखौं रुपैयाँ असुलेर त्रिभूवन विश्वविद्यालयका गोप्य साखाका कर्मचारीसहित १० जनालाई अख्तियार दुरुपयोग अनुसंधान आयोगले छानबिनका लागि आफ्नो हिराशतमा राखेको बेला कानूनी परामर्षका लागि राधा भवन गएका थिए । त्यही बेला वकीलकोबाट फर्किनेक्रममा तलपट्टी हामफालेर आत्माहत्या गरेको समाचार छ ।

पारिवारिक तनावमा समेत रहेका भनिएका पाण्डेले किन आत्मा हत्या गरेपछि छानबिनको बिषय बन्ला तर सुरेन्द्र कोईराला सहितका अन्य नौ जना अभियुक्तलाई कडा कारबाही गर्नुपर्ने माग सर्बसाधारणले गर्दै आएका छन् ।