आर्थिक

आन्तरिक कार्यालयको लक्ष्यअनुसारको प्रगति

भद्रपुर । आन्तरिक राजश्व कार्यालय भद्रपुर, झापाले आर्थिक वर्ष २०७५।७६ मा कूल रु दुई अर्ब ६२ करोड २५ लाख २६ हजार राजश्व सङ्कलन गरेको जनाएको छ । सो अवधिमा कार्यालयले रु दुई अर्ब ६१ करोड ५६ लाख ५२ हजार राजश्व सङ्कलन गर्ने लक्ष्यमा रु ६८ लाख ७४ हजार बढी ९१०० दशमलव २६ प्रतिशत० प्रगति हासिल गरेको छ ।

कार्यालय प्रमुख बोलराज आचार्यका अनुसार सङ्कलित राजश्वमा आयकर रु एक अर्ब १६ करोड ९२ लाख तीन हजार, बहाल कर रु सात करोड ५८ लाख एक हजार, ब्याजकर रु चार करोड १९ लाख ५४ हजार, मूल्य अभिवृद्धि कर रु ९५ करोड १९ लाख ३४ हजार, अन्तःशुल्क रु ३७ करोड ३४ लाख १५ हजार, स्वास्थ्य सेवा कर रु एक करोड १६ लाख ६० हजार र शिक्षा सेवा कर रु ७९ लाख ५८ हजार रहेको प्रमुख आचार्यले बताए ।