राजनीति

बाढीपहिरोपीडितको दुःख हेरेर स्वीमिङपुल बनाउने ओली सरकार सामन्तबादीः नेता गुरुङ

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता धनराज गुरुङले सामान्दबाद ढोल पीटेर भन्दापनि नेताहरुको व्यवहारले आउने बताएका छन् । नेता गुरुङले सामाजिक सञ्जालमा स्टाटस लेख्दै ढुबानमा परेका जनतालाई सुरक्षीत बसोबासको चिन्ता भएपनि नेकपा नेतृत्वको केपी ओली सरकारलाई मन्त्री निवासमा स्वीमिङ पुल बनाउने चिन्ता हुनुले नेकपा नेतृत्वको कम्युनिष्ट सरकारमा सामन्तबादी चरित्र देखिएको बताएका छन् ।

उनले नेताहरुले व्यबाहार सुधार गर्दै बाढीपीडितको बसोबासका लागि लाग्नुपर्ने र स्वीमिङ पुल बनाउने कुरा त्याग्नुपर्नेतर्फ संकेत गर्दै ओली सरकारलाई कुरीकुरी गरेका छन् । नेता गुरुङले देशभरका बाढीपहिरोपीडितको दुःख हेरेर स्वीमिङपुल बनाउने ओली सरकार सामन्तबादी भएको दाबी गरेका छन् ।

उनी भन्छन्, “डुवानमा परेका जनतालाई सुरक्षित बासको चिन्ता, सरकारलाई भने स्विमिङ पुल सहितको मन्त्रीहरुकै निवास बनाउने चिन्ता। सामन्तवाद ढोल पिटेर आउँदैन, शासकहरुको व्यवहारले देखाउँछ।@hello_sarkar”