राजनीति

डा खड्काको आक्रोस्ः देश रोईरहेकाबेला स्वीमिङपुलको कुरा गर्न सुहाउछ? कम्युनिष्ट सरकारसँग मानवता हुदैन ?

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् उदयुरबाट प्रतिनिधि सभामा विजयी साँसद डा नारायण खड्काले नेकपा अध्यक्ष नेतृत्वको केपी ओली सरकार बाढीपीडितका लागि संबेदनहीन देखिएको बताएका छन् । पुर्वमन्त्रीसमेत रहेका काँग्रेस नेता डा. खड्काले सामाजिक सञ्जाल फेसबुकमा ट्वीट गर्दै जनतालाई के खाने कहाँ बस्ने भएका बेला मन्त्री निवासका लागि स्वीमिङपुलमा साढे दुई अर्ब लगानीका कुरा गर्दै हिँड्नु समाजबादको खिल्ली उडेको दाबी गरेका छन् । तराईका बाढीपिडितको घरमा पुगेर बिहीबारमात्र दुःख बुझेका डा खड्काले प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै के वास्तवमै कम्युनिष्ट सिदान्तमा मानव संवेदनशीलता हुदैन ? भनेका छन् ।

डा. खड्काको स्टाटस्ः
कम्युनिष्ट सरकारको संवेदनहीनताको पराकाष्टाः
हालैको भिषण वाढी र पहीरोको कारण लाखों जनता घरवारवीहीन छन्, के खाने, कहा वस्ने, भएको खेतवारी पनि डुवानमा छ जीवन के गरी धान्ने केही थाहा छैन ! यस्तो समयमा नेपाल कम्युनिष्ट पार्टीको सरकारले निर्णय गर्छ “जीम र स्वीमीगपुल सहीतको” सुविधायुक्त मन्त्री निवासको लागि “साढे दुई अरव लगानी” !! वाहा तिम्रो समाजवाद–साम्यवाद ! के वास्तवमै कम्युनिष्ट सिदान्तमा मानव संवेदनशीलता हुदैन, प्र.म.ओली जी ?