समाचार

धनगढीमा बम बिष्फोट, पाँच घाईते दुईको अवस्था गम्भीर

धनगढी । धनगढीमा शक्रीशाली बम बिष्फोट भएको छ । बिष्फोटमा परि ५ जना घाईते भएके समाचार छ । ५ जना मध्ये एकजना गम्भीर रहेको प्रहरी महानिरिक्षकको सचिवालयका एसप् रमेश थापाले बताए ।

प्रहरी उपरिक्षक सदीप गिरीको नेतृत्वमा घटनास्थल अध्ययनका लागि प्रहरी पुगीसकेको भएपनि कसले र किन बम बिष्फोट गराए भन्ने नखुलेको बताईएको छ । घटनास्थलमा एउटा पेस्तोल फोला परेको बताईएको छ । सिलिण्डर पड्किएको भनेर प्रहरीलाई खबर आएपनि बम भएको आँकलन गरिएको छ ।