गण्डकी प्रदेश

सडक डिभिजनका कम्प्युटर अपरेटर घुस रकमसहित पक्राउ

दमौली । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराको टोलीले घुस रकमसहित सडक डिभिजन कार्यालय दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेल र ‘वाइल्ड स्ट्रोङ कन्सल्टेन्सी’का सुमित शाहीलाई पक्राउ गरेको छ ।

आयोगको पोखरा कार्यालयका प्रवक्ता मेघनाथ रिजालका अनुसार सेवाग्राहीबाट रु एक लाख ७५ हजार घुस लिने क्रममा दुवै जनालाई कार्यालयबाटै पक्राउ गरिएको हो । अपरेटर पौडेलसँग मिलेर शाहीले बिचौलियाको भूमिका निभाएका थिए । लमजुङको सुन्दरबजारस्थित खत्रीठाँटी सडकको भुक्तानी दिने सन्दर्भमा बिल पास गराइदिने भन्दै पौडेलले प्रशासनिक खर्च मागेको रिजालले बताए। अख्तियारले थप अनुसन्धान अगाडि बढाएको छ ।