मनोरञ्जन

‘नाचौँ मितिनी’ गीति क्यासेट सार्वजनिक

काठमाडौँ । गीतकार दिनेश अधिकारीको शब्द तथा गायिका इन्दिरा भट्टराईले स्वर दिनुभएको ‘नाचौँ मितिनी’ गीति क्यासेट आज सार्वजनिक भएको छ ।

कलाकारद्वय नितु कोइराला र सम्झना बुढाथोकीको मुख्य अभिनय रहेको उक्त क्यासेटमा घर माइतीको सम्बन्धलाई निकट बनाउन तीज पर्वको महत्व दर्साइएको छ । संस्कृतिका रुपमा महत्व रहेको हिन्दू नारीको तीजका विभिद पक्षलाई देखाउन खोजिएको छ ।

यहाँ आज आयोजत कार्यक्रममा गीतकार अधिकारीले उक्त क्यासेटको विमोचन गर्दै महिला समुदायले स्थानीय माटोको स्मरण गर्ने, माइतीसँग मिलन हुने सांस्कृतिक पर्व तीजले विविधतामा एकता थप्ने विश्वास गरे । दशैँ, तिहारजस्ता पर्वका बारे गीत लेखेको बताउँदै उहाँले चेलीको बालापनलाई महत्व दिएर देखाउन उक्त गीत रचना गरिएको बताए ।

गायिका भट्टराईले विभिन्न राजनीतिक आन्दोलनमा महिला सहभागिता भएको भए पनि उनीहरुमाथि हिंसा हुने गरेकामा चिन्ता व्यक्त गरै। नीतिगत रुपमा निर्णायक स्थानमा पुग्न महिला समुदायलाई कठिन रहेको अहिलेको अवस्थामा नारीका ब्यथा, पीडालाई तीजका गीतमार्फत बाहिर ल्याउने गरिएको बताए ।

सङ्गीतकार सन्तोष श्रेष्ठले उक्त गीतमा चयन गरिएका शब्द गाउँले जनजीवनमा प्रयोग हुने भएकाले राम्रो रहेको बतउँदै त्यसमा भरिएको सङ्गीत तथा छायाङ्कन हेर्दा गाउँ घरको झझल्को पाइने मौलिकता रहेको बताए ।