आर्थिक

अब सिभिल बैंक विश्वमा नै मान्यता प्रप्त ISO 9001:2015 प्रमाणित बैंक

काठमाण्डौ । समृद्धिको लागिसिभिल बैंक भन्ने नारा सहित अगाडी बढी रहेको सिभिल बैंक अब ISO 9001:2015  प्रमाणित बैंक बन्न सफल भएको छ । आज सिभिल बैंकको सिभिल ट्रेड सेन्टर, सुन्धारास्थित कर्पोरेट अफिसमा आयोजित एक कार्यक्रमका बीच ISO 9001:2015 को प्रमाणपत्र ISO certificationको आधिकारिक संस्था URS-United Registrar of Systems का नेपाल प्रतिनिधि प्रकाश पौडेलले सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङलाई प्रदान गरे ।

ISO 9001:2015 प्रमाणपत्र कुनै पनि संस्थाले आफ्नोसेवा र सुबिधालाई ग्राहक केन्द्रित बनाउन परिस्कृत गर्दै अनवरत रुपमा अन्तरास्ट्रिय स्तरको सेवातथा सुबिधाहरु प्रदानगर्दा पाइने गुणस्तरको प्रमाणीकरण हो र त्यस संस्थाले नियमनकारी निकायहरुद्वारा जारी गरिएको सबै नियम तथा कानुनहरुको पालना गरिएको प्रमाणीकरण पनिहो ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले ISO 9001:2015 प्रमाणीकरणसंगै आगामीदिनहरुमा ग्राहकमैत्री सेवातथा सुविधाहरु ग्राहकहरुकै चाहना अनुरुप आधुनिक डिजिटल बैंकिंगका प्रोडक्टहरु ल्याउने कुरा जनाए ।

सिभिल बैङ्कका अध्यक्ष ई.इच्छाराज तामाङले अबसिभिल बैंकको सेवातथा सुविधाहरु ग्राहकहरु केन्द्रित छन् र नियमनकारी निकायहरुको सबै नियमहरुको पालनागरि अगाडी बढी रहेको संस्थाभएको पुस्टि भएको र आगामीदिनहरुमा ग्राहकहरु कै सेवामा केन्द्रित भएर अगाडी बढ्ने कुरा बताए ।

यस बैंकको कुल शाखा संख्या ९७ छ । यस बैंकले समाजिक उत्तरदायित्वको वहन संगसंगै आफ्नाग्राहकवर्ग तथाअन्य सम्पूर्ण सरोकारवालाहरुको हितलाई ध्यानमा राखीआफ्ना सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्विगर्दै जाने कुरा पनि बैंकले जनाएको छ ।

अध्यक्ष ईचछाराज तामाङ, प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ लगायत बैंक संचालक समितिका सदस्यहरु, आइएसओ प्रमाणपत्र लिदै नेपाल प्रतिनिधि प्रकाश पौडेलबाट