आर्थिक

प्रभु बैंक स्वागत र स्यालरी सेभिङमा बिमा सुबिधा

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले निक्षेकर्ताहरुलाई अधिकतम लाभ प्रदान गर्ने उद्देश्यले मिति २०७६ श्रावण १ गतेदेखि प्रभु वेलकम र प्रभु स्यालरी बचत खाताहरुमा औषधोपचार र दुर्घटना बिमा सुविधा सञ्चालनमा ल्याएको छ । यो सुविधाको माध्यमबाट प्रभु वेलकम बचत र प्रभु स्यालरी खाता योजना अन्तर्गत हाल भइरहेका र भविष्यमा खोलिने खाताहरुमा निक्षेकर्ताहरुको औषधोपचार बिमा बापत तीन लाख र दुर्घटना बिमा बापत दश लाख सम्मको जोखिम बैंकले वहन गर्नेछ ।

प्रभु बैंकले सञ्चालनमा ल्याएको यस बिमा सुबिधाले यी दुइ बचत खाता योजना अन्तर्गत खाता हुने निक्षेप ग्राहकहरुले देशका बिभिन्न अस्पतालहरुमा भर्ना भइ उपचार गर्नुपर्ने बिभिन्न १५० प्रकारका रोगहरुको उपचार पश्चात बिमा दावी गर्नसक्ने र अकल्पनिय दुर्घटना बाट हुनसक्ने मृत्यु बापतको राहत परिवारले बिमा दावी गरी लाभान्वित हुने बिश्वास बैंकले लिएको छ ।
यस सम्बन्धमा बिस्तृत जानकारीको लागी आफुलाइ पायक पर्ने बैंकको शाखा कार्यालयहरुमा सम्पर्क गर्नुहुन बैंकले अनुरोध गरेको छ ।