समाचार

बाढी तथा पहिरोमा परी अहिले सम्म मृत्यु हुनेको सङख्या ८८ पुग्यो (पुर्ण विवरण )

काठमाण्डौ । मुलकभर गएको साता बिहीबारदेखि परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानबाट ज्यान गुमाउनेको संख्या ८८ जना पुगेको छ । यसैगरी हिजो बेलुकासम्ममा बाढी, पहिरो र डुबानका कारण ३१ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बाढी पहिरोमा घाइते भएकामध्ये ११ जनाको उपचार भैरहेको र अन्यको उपचारपछि घर फिर्ता पठाइएको छ । बाढी, पहिरो र डुबानामा परेका ३ हजार ३ सय ६६ जनाभन्दा बढीको उद्धार गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

अन्य बाँकी तथ्यांक संकलनको कार्य भैरहेको छ । तथ्यांकसँगै राहत वितरण कार्यलाई तीव्रता दिइएको मन्त्रालयले जनाएको छ । हिजोमा त्रै सरकारको विभिन्न उच्च तहका व्यक्तिदेखि लिएर विभिन्न सांसको एक टोली वाढी पीडीत जिल्ला रौतहट पुगेको थियो ।

उक्त अवसरमा गृहमन्त्रीले उद्धद्धार कार्य सकिएकाले पुनः निर्माणको काम पनि तत्काल सुरु गरिने बताएका थिए । उता वाढी प्रभावीतहरुले भने उक्त अनुगमन टोलीले आफुहरुलाई नभेटेको प्रति दुःख व्यतm गरेका थिए ।