समाचार

पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध

काठमाण्डौ । लेदो माटोसहितको पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान तीन बजेतिर काभ्रेपलञ्चोकको नमोबुद्ध नगरपालिका– ५ लाफ्कोटमा लेदो माटोसहितको पहिरो खसेपछि बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

केहीबेरमा डोजेरले पहिरो हटाउने तयारी छ । अहिले काठमाण्डौबाट जाने गाडीलाई काभ्रेमा र पूर्वबाट आउने गाडीलाई सिन्धुलीमा नै रोकिएको प्रहरीले जनाएको छ ।

यस्तै, फाखेल र सिस्नेरी हुँदै हेटौंडा निस्कने बाटोमा पनि गाडी चल्न सकेको छैन । अरु बाटोमा भने राम्ररी नै गाडी चलिरहेको प्रदेश ३ प्रहरीले जनाएको छ ।