समाचार

जनतासँग प्रधानमन्त्री कार्यक्रम– सरकारका उपलब्धि जनतामाझ पुर्याउन सहजः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनतासँग प्रधानमन्त्री कार्यक्रमबाट सरकारले गरेका काम जनतासमक्ष पु¥याउन सहज भएको बताएका छन ।

‘जनतासँग प्रधानमन्त्री कार्यक्रम’ एक वर्ष पुगेका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन । प्रधानमन्त्री ओलीले यस कार्यक्रममार्फत देशको आकाङ्क्षा, सरकारका उपलब्धि र प्रतिफल जनतासँग पुर्याउन सहज भएको बताएका छन ।

यस कार्यक्रममार्फत देशको अवस्था, सरकारका उपलब्धि, सडक यातायातको चर्चा, राष्ट्रिय आकाङ्क्षा पुरा गर्ने दृष्टिकोण प्रस्तुत गरेका प्रधानमन्त्री ओलीले बताए ।

उक्त कार्यक्रम हरेक बुधबार राति ९ देखि १० बजेसम्म नेपाल टेलिभिजनबाट एक वर्षसम्ममा ५० अङ्क प्रसारण भएको थियो । कार्यक्रम सञ्चालक मनोज पाण्डेले आजैबाट जनतासँग प्रधानमन्त्री कार्यक्रमको प्रसारण समापन गरिएको जानकारी दिएका छन । कार्यक्रममा प्रधानमन्त्री ओलीले जनतासँग प्रधानमन्त्री पुस्तकको पनि विमोचन गरेका थिए ।