खेलकुद

किरण चेम्जोङ मिनर्वा पन्जाबमा अनुबन्धित

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पहिलो रोजाईका गोलकिपर किरण चेम्जोङ भारतीय क्लब मिनर्वा पन्जाबमा अनुबन्धित भएका छन् । भारतको शीर्ष डिभिजन लिग आईलिग क्लब पन्जाबले बुधबार सामाजिक संजाल फेसबुकबाट किरणलाई अनुबन्ध गरेको जनाएको छ ।

पन्जाबले फेसबुकमा किरणलाई अनुबन्ध गरेको जनाउदै उनि फर्किएको खुशी व्यक्त गरेको छ । किरण चेम्जोङ मिनर्वा पन्जाब परिवारमा फर्किएको घोषणा गर्दा निकै खुसी छौं पन्जाबले लेखेको छ । किरणले सन् २०१७र१८ को सिजन पनि पन्जाबबाट खेलेका थिए । त्यस सिजन पन्जाबले आई लिग जितेको थियो ।

किरणले राष्ट्रिय टोलीका लागि हालै माल्दिभ्सको क्लब टीसी स्पोर्ट्ससँग सम्झौता रद्द गरेका थिए । गत सिजन किरणको उच्च प्रदर्शनले टीसीले माल्दिभ्सको लिग जितेको थियो ।