खेलकुद

एसियन इन्डोर हक्कीमा नेपालको पुरुष टिमलाई दोस्रो असफलता

काठमाडौं । थाइल्यान्डमा जारी एसियन इन्डोर हक्कीमा नेपालको पुरुष टिमले दोस्रो हार व्यहोरेको छ । थाइल्यान्डको चोन्बुरी बुधबार भएको खेलमा सिंगापुरसँग पराजित हुँदै नेपालले दोस्रो हार व्यहोरेको हो ।

नेपाल सिंगापुरसँग १५–१ गोल अन्तरले पराजित भयो । नेपालका लागि प्रेम बिकले एक गोल फर्काए । यसअघि पहिलो खेलमा नेपाल काजकिस्तानसँग १२–१ गोल अन्तरले पराजित भएको थियो । महिलातर्फ भने नेपालले बुधबार फिलिपिन्सलाई ३–२ गोल अन्तरले हराउदै पहिलो जित निकालेको छ ।

नेपालको जितमा देविका विकले दुई र निलिमा पाण्डेले एक गोल गरिन् । समूह एु मा रहेको नेपाल यसअघि साविकको विजेता काजकिस्तानसँग ८–० र उज्बेकिस्तानसँग ९–० गोल अन्तरले पराजित भएको थियो ।