आर्थिक

मनसुन चेकअप क्याम्पका साथमा ऐक्सचेन्ज अफर

काठमाण्डौ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रिेता, सिप्रदी ट्रेडिङ्गले हिजो देखि ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रिमनसुन चेकअप क्याम्प शुभारम्भ गरेको छ ।

काठमाण्डौको सोल्टीमोड, बालकुमारी, बागडोल र काठमाण्डौ बाहिरका इटहरी, पोखरा, नेपालंगञ्ज, बिरगंज र मेचीमायी क्याम्पहरु शुभारम्भ भएको छ । सो कार्यक्रममा ग्राहकहरुले टाटाका गाडीहरु चेकजाँच गराउन सक्नेछन् भने गाडी एक्सचेन्ज गर्न चाहानेहरुका लागि कम्पनीले गाडीको उचित मूल्याकंनर आकर्षक क्यास डिस्काउन्ट यस ऐक्सचेन्ज अफरमा पाइने समेत कम्पनीले जनाएको छ ।

सो कार्यक्रममा गाडी ऐक्सचेन्जमा विशेष सुविधा, गाडीको स्पेएर पार्ट र लुब्रिरिकेन्टमा २० प्रतिशतसम्म छुटको व्यवस्था, मेकानिकल खर्चमा ५० प्रतिशत छुट । र व्याट्री रिप्लेसमेन्टमा १५ प्रतिशत छुट, ऐक्सचेन्ज लोयल्टी बोनस १ लाख प्रदान गरिनेछ । साथैफ्रि टप वासको व्यवस्था, मनसुन ड्राभिङ्गमा सेफ्टी टिप्स् र एक जोडिलेनगरकोटमा एक रात होटलमा बस्ने प्याकेज पनिप्राप्त गर्नेछन।

मनसुनको समयलाई लक्षितगरि आयोजना गरेको यो अफर सहितको कार्यक्रममा ग्राहकहरुको उल्लेख्य रुपमा सहभागीता रहने विश्वास ब्यक्तगर्दे ग्राहकहरुका लागि फलदायी हुने जनाएको छ ।