सूचना प्रविधि

न्यूरोडमा आईएमएसको सेवा केन्द्र, अध्यक्ष भन्छन्ः ग्राहकलाई उत्कृष्ट सेवा दिनु कर्तब्य

काठमाण्डौ । आईएमएस केयरले न्यूरोड पाको स्थित ताम्राकार कम्प्लेक्समाआफनो सेवा केन्द्र पुनसुचारु गरेको छ र आधुनिकपूर्वाधारले सम्पन्न यस सेवा केन्द्रले विश्व स्तरिय सेवाआफ्नाग्राहकहरुलाईप्रदानगर्ने उद्देश्य राखेको छ । यस सर्भिस सेन्टरको सामसुङ इलेक्ट्रोनिक्स्का प्रबन्धनिर्देशक तथा उप–सभापति यूविम वन, आईएमएस गु्रपका अध्यक्ष दिपक मलहोत्रा, सामसुङ इलेक्ट्रोनिक्स्का नेपालका प्रबन्धक प्रणयरत्न स्थापित र आईएमएस गु्रपका सिइओ र प्रेसिडेण्ट दिकेश मलहोत्राद्वारा समुद्घाटन भएको छ ।

ग्राहकहरुलाई सधैं उत्कृष्ट सेवा तथा सुविधादिने र आवश्यकताअनुसार अन्य स्थानहरुमा पनि ग्राहकहरुका लागि १८ सेवा केन्द्रलाई पनिअझै बढाउदै जाने आईएमएस गु्रप अध्यक्ष दिपक मलहोत्राले बताए । उनले ग्राहकको सेवा आफूहरुको र्धर्म र कर्तव्य भएको बताए ।