प्रदेश 1

जवजिस्ती करणीका घटना डरलाग्दो मात्रामा वढदैः सोलुखुम्बुमा एक वर्षमा १६ वटा सम्म

सोलुखुम्बु । मुलुकमा पछिल्लो समय जवरजस्ती करणीका घटना डरलाग्लो रफतारमा वढिरहेको छ । दैनिक जसो यस्ता खालका घटना घटिरहेको हामिले धेरै सुन्दै आएका छौं । कतिपय अपराधि तत्कालै पक्राउ परेपनि कतिपय वाहिर खुलेआम घुमीरहेका छन ।

यस्तै सोलुखुम्बुमा जबरजस्ती करणीको घटना दोब्बरले वृद्धि भएको तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०७५र७६ मा १६ वटा घटना जबर्जस्ती करणीको भएका छन् ।त्यसमध्ये १३ वटा घटनाको किनारा लागिसकेको छ भने तीनवटा घटना प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनामध्ये एउटा घटना जबर्जस्ती करणी उद्योगमा दर्ता भएका छन् भने अन्य घटना जबर्जस्ती करणीमै दर्ता भएको प्रहरी जनाएको छ । करणीमा संलग्न पुरुष कानुनी दायरामा रहेका छन ।

आव २०७४÷७५ मा सातवटा जबर्जस्ती करणीको घटना भएका थिए भने आव २०७३÷७४ मा चार र आव २०७२÷७३ मा पाँचवटा जबर्जस्ती करणीको घटना भएका थिए । आव २०७४÷७५ का सातमध्ये एउटा घटना बालिका जबरजस्ती करणीमा परेको तथ्यांक छ भने पछिल्लो तथ्यांक अनुसार ६ बालिका जबर्जस्ती करणीको सिकार बनेका छन ।

गएको भदौमा नौ वर्षीय बालिका बलात्कृत भएकी थिइन् भने सोही महिना १४ वर्षीय बालिकामाथि बलात्कार भएको थियो । असोजमा नौ वर्षीय, कात्तिकमा १० वर्षीय र यही असारको दोस्रो हप्ता १३ वर्षीय बालिका सल्लेरी आसपासको स्थानमा जबरजस्ती करणीमा परेका थिए ।

जबरजस्ती करणीमा अधबैंसे महिलासमेत परेका छन्।प्रहरीका अनुसार सहमतिमै यौन क्रियाकलाप हुने तर सम्बन्धमा खटपट आएपछि जबर्जस्ती करणीको आरोप लगाउने प्रवृत्ति मौलाउदै जानुले पनि संख्यामा वृद्धि आएको हो ।