सूचना प्रविधि

आजदेखि ईन्टरनेट सेवामामा मुल्य वृद्धिगर्ने निर्णयबाट पछि हट्यो टेलीकमः शुल्क नबढाईने

काठमाडौं । आजदेखि ईन्टरनेट सेवामामा मुल्य वृद्धिहुने बताएको नेपाल टेलिकमले आफनो निर्णय फिर्ता लिएको छ । टेलिकमका सह– प्रवक्ता कृष्णप्रसाद भण्डारीले विज्ञप्ति जारी गर्दै टेलीकमले सुल्क नवढाउने जानकारी दिनुभएको छ ।

टेलिकमले सहुलीयत दरमा दरमा ग्राहकलाई विभिन्न सविधा दिदै आएको उहाले बताउनु भयो । नेपाल सरकाले ईन्टरनेट सेवामा १३ प्रतिसत दुरसञ्चा सेवा शुल्क लगाउने निर्णय गरेपनि टेलीकमले ग्राहकको सेवा र सुविधालाई ध्यानमा राखेर इन्टरनेट महसुल शुल्क वृद्धि नगरेको स्पष्ट पारेको छ ।

साथै ग्राहाकलाई अझ सहुलीयत दरले सेवा उपलब्ध गराउन हालै कार्यान्वयनमा ल्याइएको समर अफरमा इन्टरनेट लगायतका सेवाहमा थप सहुलियत सहितका प्याकेजहरु प्रस्तुत गरी सेवालाई अझ कम खर्चिलो बनाएको टेलीकमले बताएको छ ।

नेपाल टेलिकमले देशका सुगमदेखि दुर्गम हरेक स्थानमा सहुलियत दरमा गुणस्तरीय दुरसञ्चार सेवाहरु प्रदान गर्ने आफ्नो नीतिलाई निरन्तरता दिइरहेको बताईएको छ ।