आर्थिक

एन आई सी एशिया र ग्राण्डिबीच विभिन्न सेवामा ७।५५ सम्मको छुटगर्ने सहमती

काठमाडौं । एन आई सी एशिया बैंक र ग्राण्डी अस्पतालबीच विभिन्न सेवा सुविधाहरुमा ७.५% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

एन आई सी एशिया बैंक लिमिटेड र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबीच हिजो बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा सम्पूर्ण ग्राहकलाई ग्राण्डी अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा ७.५% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको विज्ञप्ति मार्फत जानकारी दिईएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार राठी र र ग्राण्डी अस्पतालको तर्फबाट अस्पतालका मार्केटिङ तथा विजनेश डेभलपमेन्ट विभाग प्रमुख दिनेश पौड्यालले हस्ताक्ष गरेका छन ।

बैंकलाई आम नागरिकले गरेको विश्वास, स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २९१ शाखा कार्यालयहरु, ३०२ एटिएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल विज्ञप्ति मार्फत जनाईएको छ ।

१६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको उक्त बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेको बैंकले जनाएको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै पनि प्रष्ट पारेको छ ।