साहित्य

गौतम, उप्रेती र पहाडीद्वारा डा भट्टराईका ‘गजल मञ्जरी’ र ‘समता’ विमोचन

काठमाण्डौ । साहित्यकार तुलसीप्रसाद भट्टराईद्वारा रचित ‘गजल मञ्जुरी’ (गजल सङ्ग्रह) र ‘समता’ (खण्डकाव्य) सार्वजनिक गरिएको छ । साहित्यसुधा नेपालद्वारा आज आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जीतु गौतम, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र साहित्यकार डम्बर पहाडीले संयुक्त रुपमा विमोचन गरे ।

समता खण्डकाव्यमा विभिन्न धार्मिकशास्त्र, समाजशास्त्र र प्रचलित कानूनका पुस्तकहरुको लामो स्वाध्ययनपछि साहित्यकार भट्टराईले छन्दबद्ध काव्यका रुपमा तयार गर्नुभएको हो । त्यसैगरी साहित्यकार भट्टराईले ‘गजल मञ्जुरी’ मा सामाजिक कुसंस्कार र राजनीतिक विचलनलगायतका विषयका ५८ वटा गजल समावेश गरेका छन् ।

सोही अवसवरमा कुलपति उप्रेतीले साहित्यकार भट्टराईद्वारा रचित दुवै पुस्तकले नेपाली साहित्यको क्षेत्रलाई थप उचाइमा पु¥याउने अपेक्षा गरे ।