प्रवास

जनसम्पर्क समिति क्याणडाद्वारा सेर्पाको स्वागत

काठमाडौं । नेपाली जनसम्र्पक समिति क्याणडाले नेपाली काँग्रेसका युवा नेता आङगेलु सेर्पालाई एक कार्यक्रमविच भव्य स्वागत गरेको छ । विभिन्न कार्यक्रमको शिलसिलामा क्याणडा पुगेका सेर्पालाई त्यहा स्थित विभिन्न संघ संस्थाले पनी स्वागत तथा सम्मान गरेका हुन ।

जनजाति समुदायमा बलियो पकड स्थापित गरेका सेर्पा तिन पटक नेपाली काँग्रेस सोलुखुम्बुको सभापति समेत रहेका सेर्पा जिल्लामा विभिन्न सामाजिक संघ संस्था मार्फत सामाजिक सेवामा समेत संलग्न रहदै आएका छन । गत प्रदेशसभा निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट मुख्य मन्त्रीको रुपमा समेत अगाढी सारिएका थिए ।

आगामी साता नेपाली काँग्रेसको जनजागरण अभियान अन्र्तगत जनसम्र्पक समिति क्याणडाको आयोजनामा त्यहा स्थित नेपालीहरुलाई प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको नेपाली जनसम्र्पक समिति क्याणडाका सभापति बुद्धी प्रकाश ओलीले जानकारी दिनुभयो ।

सभापति ओलीका अनुसार समितिका असन्तुष्ट पक्षहरुलाई समेत सहभागी गराएर एकताको सन्देश प्रबाह गर्दै असन्तुष्टीहरुलाई व्यवस्थापन गरिने जानकारी दिएका छन । सोही कार्यक्रम अनुसार केही समय अगाढी सभापति ओलीको पहलमा आपसी सदभावको लागी बृहत बनभोज तथा साँस्कृतिक कार्यक्रम समेत सम्पन्न गरिएको थियो ।