अन्तर्राष्ट्रिय

कार्यस्थलमा हुने हिंसामा शुन्य सहनशिलता अपनाउः राष्ट्रसंघीय

काबुल । अफगानिस्तानमा बनाइने नीतिमा कार्यस्थलमा हुने लैङ्गिक हिंसाप्रति “शन्य सहनसिलता” अवलम्बन गर्न राष्ट्रसंघीय एक वरिष्ठ अधिकारीले आग्रह गरेका छन् ।

सरकारी अधिकारीहरुलाई राष्ट्रसंघीय अधिकारीले लैङ्गिक हिंसाका घटनाबाट अन्य क्षेत्रमा पनि नकारात्मक प्रभाव परेकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने बताएका हुन् ।

राष्ट्रपति असरफ घानीका पूर्व सल्लाहकारले गत मे महिनामा विभिन्न बाहनामा महिलामाथि लैङ्गिक हिंसा गरेको भन्दै विवाद भइरहेका वेला संयुक्त राष्ट्रसंघका वरिष्ठ अधिकारीको यस्तो आग्रह आएको हो । महान्यायाधिवक्ताको कार्यालय र घानीका प्रवक्ताले भने पूर्व सल्लाहकारबाट हिंसा भएको भन्दै लगाइएको आरोपको खण्डन गर्दै अस्वीकार गरेका छन् ।

तर धेरै महिलाहरुले सार्वजनिकरूपमा र सञ्चार माध्यममार्फत् विभिन्न लैङ्गिक हिंसाका घटनाबारेमा बताउने गरेका छन् । ती महिलाहरूले पुरुषमार्फत् आपूुहरुलाई राजधानी काबुलकै सार्वजनिक स्थलमै पनि धेरै हिंसा हुने गरेको आरोप लगाउन थालेका बताइएको छ ।