आर्थिक

सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा पौडेल नियुक्त

काठमाण्डौ । सन्राइज बैंकको संचालक समितिको आषाढ २७ गते बसेको ३२० औ बैठकको निर्णयानुसार बैंकको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा काठमाण्डौ जिल्ला, बुढानिलकण्ठ नगरपालिका बस्ने जनक शर्मा पौड्याललाई श्रावण ९ गते देखि हाजिर हुने गरी ४ बर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको छ ।
प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तहुने जनकशर्मा पौड्यालले तत्कालिन नेपाल अरब बैंक लिमिटेड –हाल नबिल बैैक लिमिटेड) मा ईस्वी सम्बत १९८७ बाट सेवाप्रवेश गर्नु भई करिब ११ बर्षको कार्यानुभव लिएका थिए । त्यसै गरी एनआईसी बैंक (हालको एनआईसी एशिया) मा ५ बर्ष र लक्ष्मी बैंकमा करिब २ बर्षको कार्यानुभव लिएका थिए । तत्पश्चात उनी अध्ययनको लागि बेलायत गए र अध्ययनको क्रममा बेलायत स्थित बार्कलेज् बैंकमा करिब ४ बर्ष ६ महिना कार्यानुभवप्राप्त गरेका थिए । बेलायतबाट फर्के लगतै ग्लोबल आईएमई बैंकको विभिन्न उच्चपदमा रही ११ बर्ष कार्य गरी प्रमुख कार्यकारी अधिकृतको रुपमा समेत जिम्मेवारी सम्हालेका थिए । उनीसंग ग्लोबल आईएमई क्यापिटलको स्थापना गरी सोको संचालक÷अध्यक्ष समेत भएके अनुभब समेत । उहाँसंग बैंकिङ्ग क्षेत्रमा ३२ बर्षभन्दा बढिको कार्यानुभव रहेको छ । बैंकले पिनरज श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेपनि बिबाद भएपछि उनले हाजिर नै नगरी राजीनामा दिएपछि ब्यवस्थापनले पौडेललाई ल्याएको हो।
नबनियुक्त पौडेलको बिग मर्जरको लागि कसरी सनराईज बैंकलाई लाने भन्ने चुनौती छ ।