मनोरञ्जन

मेहेन्दी महोत्सवः यसरी गरिँदैछ श्रावणको स्वागत

काठमाडौं  । नेपाली संस्कृतिको विशिष्ट चिनारी बोकेको श्रावण महिनाको सुरुआत विशेष बनाउन ‘नमस्ते मेहेन्दी महोत्सव’को आयोजना गरिने भएको छ। ओपन स्पेस नेटवर्कले सुनधारास्थित काठमाडौं मल र पुल्चोकस्थित लविम मलमानमस्ते मेहेन्दी महोत्सवको आयोजना गरेको हो।

आयोजक नेटवर्ककी संस्थापकफाइजा परवीनले श्रावण महिनाको सुरुवातसँगै मेहेन्दी लगाउने परम्परालाई निरन्तरता दिन र अझ परिष्कृत बनाउनका लागि महोत्सवको आयोजना गरिएको बताइन्।

मंगलबार र बुधबार आयोजना गरिने महोत्सवमा नेपालका चर्चित मेहेन्दी आर्टिस्टहरुले सहभागीहरुलाई मेहेन्दी लगाइदिनेछन्। आर्टिस्टहरु सिर्जना शाही, अश्वनी भेटवाल, दिप्सा महर्जन, प्रियम्वदा न्यौपाने, सुष्मा मोक्तान, एलिशा शाही, मनिषा शर्मा, आहाना पन्त, खादिजा शेख, निदा निसार, सोनी गुप्ता लगायतले मेहेन्दीमार्फत आफ्नो कला प्रस्तुत गर्ने छन्।

‘नेपाली समाजमा मेहेन्दीको विशेष महत्त्व छ, श्रावण महिनामा अझै धेरै प्राथमिकता दिइन्छ,’ नेटवर्ककी संस्थापक परवीनले भनिन्, ‘त्यसैले धेरैभन्दा धेरै दिदीबहिनीहरुसँग मेहेन्दी लगाएर श्रावण महिनाको स्वागत गर्न महोत्सवको आयोजना गरिएको छ।

परम्परागत मूल्य र मान्यताको महत्त्वलाई अझ बढी प्रचार गर्न आवश्यक रहेको बताउँदै परवीनले मौलिक कला र संस्कृतिलाई बढावा दिन यस्ता कार्यक्रमको आयोजना गरेको उल्लेख गरिन्।