आर्थिक

अशोक लेलैण्डको “मेगामन्सुन फ्रि चेक अप क्याम्प अफर”

काठमाडौं । आइएमई. ग्रुपअन्तर्गत संचालित आइएमईमोटर्स पद्वारा प्रवद्र्धित अशोक लेलैण्डले “मेगामन्सुन फ्रि चेकअप क्याम्प अफर” देशभर आफ्ना १३ आउटलेट्सहरुमा लागु हुने गरी ग्राहकहरु माझ ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुलाई केन्द्रितगर्दै फ्रि चेकअप क्याम्प सेवा प्रदान गर्नुका साथै स्पेयर पार्टस्मा ५ प्रतिशत, ल्युबमा १० प्रतिशत, लेबर शुल्क, ३० प्रतिशत साथै ३० प्रतिशत च्यासिस ग्रीजिंगमा छुट उपलब्धगर्ने कम्पनीले बताएको छ ।

फ्रि चेकअप क्याम्प दौरान ग्राहकवर्गहरुले आकर्षक उपहारका साथै सुरक्षित ड्राईभिङ सम्बन्धिजानकारी लिन सक्नेछन् । यीअफरहरु साथै निःशुल्क वासिङ्ग, ४५ चेक पोइट्स तथाबम्पर देखि बम्पर चेकअप सहित अन्य फाइदाहरु हुनेछन् ।

यस योजना अशोक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कर्मसियल भेइकलस्का कुनै पनिमोडलका गाडीहरुमा लागु हुने छ । यो योजना नेपाल अधिराज्यभरी असार ३० गते देखि श्रावण ०५ सम्ममात्र लागु हुनेछ र साथै सर्भिसिङ्गमा छुट कुपनहरु भाद्र ०५ सम्मलागु हुनेछ । आइएमई मोटर्सले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजनाल्याउने गरेको छ र साथसाथै यस योजना मार्फत पनि ग्राहकहरुलाई विभिन्न सुविधा प्रदानगर्ने लक्ष्य लिएको छ ।
३ वर्षको अन्तरालमा यस आइएमई मोटर्सले देशभर १४ वटा आउटलेट खोलेर ग्राहकहरुमा सेवाप्रदानगर्न सफल मात्र नभई उक्त गाडीहरुका लागि चाहिने सर्भिस र स्पेयर पार्टस् सप्लाइपनि पर्याप्तमात्रामा गर्दै आएको कम्पनीको दाबी छ ।