आर्थिक

मलेखुमा राष्ट्रिय वाणिज्य बैंकको कारोबार शुरु

काठमाण्डौ । प्रदेश नम्बर ३, धादिङ जिल्लाको बेनीघाट रोराङ गाउंपालिका वडा न. ३ मलेखु स्थित राष्ट्रिय वाणिज्य बैकको शाखा कार्यालय मलेखु को कारोबार शुभारम्भ गरिएको छ ।

यसपछी बैंकको शाखा कार्यालयहरुको संख्या २२२ पुगेको छ । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले शाखा विस्तारबाट उद्यमीहरुको वित्तीय पंहुचमा थप सघाउ पुगी रोजगारी श्रृजना समेत हुने बताए ।

बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २२२ वटा शाखा कार्यालय, १७५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । हाल बैंकले १ खर्ब ८६ अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ४४ अर्ब रुपैंया कर्जा लगानी गरेको छ ।