राजनीति

ज्यान गुमाउनेहरुप्रति काँग्रेसको समबेदना, सबै नेता/कार्यकर्ता बाढीपहिरो पीडितको राहत/उद्दारमा खटिने

काठमाण्डौ । नेपाली काँगथ्रेसका सभापति शेरबहादुर देउवाले बाढीपहिरोबाट निधनहुनेहरुमा दुःख ब्यक्त गर्दै हार्दिका समबेदना प्रकाट गरेका छन् । सभापति देउवाले केही दिन यता मुलुकको विभिन्न भागमा अविरल वर्षा र पहिरोका कारण भएको जनधनको क्षतिप्रति नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकले असार २७ गते गहिरो दुःख व्यक्त गर्दै मृतकहरुको आत्माको चिर शान्तिको कामना गरेका छन् ।

एक विज्ञप्ती प्रकाशित गर्दै प्राकृतिक विपत्तिको यो घडी जारी केन्द्रीय कार्यसमितिको बैठक स्थगन गरेर सम्पूर्ण रुपले उद्धार र राहतमा समर्पित हुने निर्णय काँग्रेसले गरेको बताएका छन्। सभापति देउवाले, विपत्तिको समय आन्तरिक राजनैतिक विषय हुन् या राष्ट्रिय राजनीतिका अन्य मुद्दा, सबै खाले राजनैतिक आग्रह–पूर्वाग्रह भन्दा माथि उठेर पिडामा परेका दिदीबहिनी–दाजुभाइको सेवामा समर्पित हुनु हामी सबैको परम कर्तव्य भएको दाबी गरेका छन् ।

उनले भनेका छन्, “म नेपाली कांग्रेस पार्टीका सबै सदस्य र शुभचिन्तकहरुलाई उद्धार र राहतमा सहभागी हुन अपिल गर्दै नेपाल सरकारलाई प्रभावित क्षेत्रमा प्रभावकारी ढंगले कार्य गर्न आग्रह गर्दछु । प्रभावित क्षेत्रमा उद्धार र राहतको कार्य सरकारले कति व्यवस्थित ढंगले गरिरहेको छ त्यसको अनुगमन समेत प्रमुख प्रतिपक्षी दलका नाताले नेपाली कांग्रेसले गर्ने जानकारी पनि गराउँदछु।”