विचित्र संसार

भ्यागुताको यसरी गरियो बिहे अनि बाढीपहिरो नरोकिएपछि डिभोर्ष !

काठमाण्डौ । मोरङमा पानी नपरेर भ्यागुताको बिहेगरेपछि पानी आउछ भन्ने विश्वासलाई मध्यनजर गर्दै बिवाह गरिएका दुई भ्यागुताको सम्बन्ध बिच्छेद गरिएकोछ ।

केहीदिनदेखी बर्षाले बिराटनगर लगायत देशभर जलमग्न भएपछि भ्यागुताको सम्बन्ध बिच्छेद गरिएको बताईएको छ । दुई भ्यागुताहरुलाई संगै राखेर नेपाली कागजमा ल्याप्चेसमेत हानेर सम्बन्ध बिच्छेद गरेको कागत समेत सामाजिक सञ्जालमा भाईरल भईरहेको छ ।

बाढी पहिरोका कारण ६५ जनाको ज्यान गईसकेको छ भने, घाईते र विस्थापीतको याकीन तथ्याँक आएको छैन । पानी नरोकिएकोले क्षतीको विवरण बढ्न सक्ने आँकलन गरिएको छ । रौतहट, ईटहरी, धनुषा, नेपालगंज, भक्तपुर, बाँके, सुनसरी, झापा लगायतका तराईक स्थानमा पानीको बाढीले बढी क्षती गरेको छ । अर्कोतिर पहाडी क्षेत्रमा भने पहिरोका कारण ओखलढुंगा, काभ्रे, सिंधुपाल्चौक, रामेछाप लगायतका स्थानमा क्षती पुगेको छ ।

पानी परेर ५ दिनदेखी नरोकिएपछि भ्यागुताको सम्बन्ध बिच्छेद गरी पानी पर्न रोक्न खोजिएको धार्मिक विश्वास छ ।