समाचार

बाढी पहिरो तथा डुबान पीडितको उद्धार तथा राहतमा जुट्न राष्ट्रपतीको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बाढीपहिरो तथा डुबान पीडितको उद्धार तथा राहतमा सबैजना जुट्न आग्रह गरेकी छन । राष्ट्रपतिले आइतबार एक विज्ञप्ति जारी गर्दे सो आह्वान गरेकी हुन ।

अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले घाइतेको उपचार, बेपत्ताको खोजी तथा पीडितलाई राहत दिने कार्यमा जुट्न आह्वान गरेकी हुन ।

‘पीडितको उद्दार तथा व्यवस्थापन, घाइतेहरूको उपचार, राहत वितरण र बेपत्ता भएकाको खोजीमा राज्यका संयन्त्रहरू परिचालन गराउन सम्बधित निकायले ध्यान दिनेछ भन्ने विश्वाससमेत व्यक्त गरेको छु,’ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । उनले प्राकृतिक प्रकोपबाट बच्न आवश्यक सावधानी अपनाउनसमेत सबैलाई आह्वान गरेकी छन् ।