समाचार

मनसुनि देशभर सक्रियः आजपनि वर्षाको सम्भावनाः हालसम्म वाढी पहिरोमा परि ६५ जनाको मृत्यु

काठमाडौं । मनसुनी रेखा देशभर सक्रिय रहेको हुँदा आज पनि देशभर बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागमा अवस्थित छ । जसको कारण मनसुनी गतिविधि देशभर सक्रिय छ ।

मौसमवीद् राजु प्रधानांगले देशभर मनसुनी रेखा सक्रिय भएको बताउँदै आज पनि देशभर बदली र वर्षाको सम्भावना कायमै रहेको बताएका छन । ‘मनसुनी रेखा पूर्वबाट पश्चिमसम्म सक्रिय छ । जसबाट वर्षाको सम्भावना कायमै देखिन्छ । उनले भने वर्षा नभएको ठाउँमा पनि बदली हुने छ,’ उनले उनका अनुसार आज काठमाडौमा पनि बदली र वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा वर्षा हुने सम्भावना छ । पश्चिम तथा मध्य क्षेत्रका थोरै स्थानमा र पूर्वका एक वा दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान महाशाखाको छ । भोली देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा वर्षा हुने सम्भावना छ । देशको मध्य र पश्चिमका क्षेत्रका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहको महाशाखाले जनाएको छ ।

महाशाखाको आइताबर साँझको बुलेटिन अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २ दशमलब ५ मिलिमिटर वर्षा भएको थियो। पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा विराटनगरमा भएको थियो। महाशाखाका अनुसार विराटनगरमा ९४ दशमलब ६ मिलिमिटर वर्षा भएको थियो भने जनकपुरमा ५८ दशमलब ४ मिलिमिटर वर्षा भएको थियो ।

यसैबीच बिहिबार देखीको अबिरल वर्षाका मुलुकमा आएको वाढी र पहिरोमा परि हालसम्म ६५ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । जसमा महिला २४, र पुरुष ४१ रहेका छन । भने वाढि र पहिरोमा परी ३८ जना घाईते भएका छन । जसमा महिला १७, पुरुष २१ रहेका छन ।

यस्तै बिभिन्न स्थानमा आएको वाढि र पहिरोमा परि हाल सम्म ३० जना बेपत्ता भएक छन जस्मा महिला १२, पुरुष १८ रहेका छन । यस्तै प्रहरस्का अनुसार १, हजार ४ सय ४६ जनाको सकुशल उद्धार गरिएको छ ।