समाचार

कुलेखानीमा पानिको बहाव उच्चः सतर्क रहन नागरिकलाई आग्रह


हेटौंडा । बिहिबार देखिको लगातारको वर्षाका कारण कुलेखानी जलविद्युत आयोजनाको जलाशय भरिने अवस्थामा पुगेको बताईएको छ ।  आज बिहान जलाशयमा पानीको सतह १ हजार ५२५ दशमलव ५७ सेन्टिमिटर पुगेको छ । थाहा नगरपालिका क्षेत्रमा धेरै वर्षा भएका कारण आइतबार राति एक्कासी ५ मिटर पानीको सहत बढेको हो ।

जलाशयको क्षमता १ हजार ५ सय ३० मिटर हो । तर, २०७२ को भूकम्पले ड्याम चर्किएको कारणले गर्दा १ हजार ५ सय २७ मिटर मात्रै संकलन गर्ने सुझाव दिएको छ । अहिले प्रतिघण्टा ६० सेन्टिमिटरले पानी थपिदै गएकोआयोजनाले जनाएको छ ।

विद्युत प्राधिकरणले आज बिहानै सूचना जारी गरेर ड्याम खोल्ने तयारीमा रहेकले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन जानकारी दिएको छ।पानी खपत गर्नका लागि अहिले कुलेखानीका दुईवटै आयोजना संचालन ल्याइएको छ । दुईवर्ष यता कुलेखानीमा पानी भरिएको थिएन ।

आईतबार देखी मुलुकमा पानि पर्क अल्लि कम भएपनि बहिबारदेखीको मलातार ३ दिनको पानिले मुलुकमा विभिन्न क्षति गरेको छ भने ६० वढिको मृत्यु भईसकेको छ । पानि पर्न कम भएपनि खोलानाला मा पानिको सतह भने अझै घट्न सकेको छैन त्यस्तै अवरुद्ध विभिन्न सडक अझै सञ्चानलमा आउन सकेका छैनन ।