खेलकुद

इंग्ल्याण्डद्धा एकदिवसीय विश्वकप क्रिकेटको उपाधि कब्जाः पायो ४० लाख डलर !

एजेन्सी । घरेलु टोली इंग्ल्याण्डले १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि कब्जा गरेको छ । लण्डनमा आइतबार भएको रोमान्चक फाइनलमा न्युजिल्याण्डलाई सुपर ओभरमा पराजित गर्दै इंग्ल्याण्डले उपाधि जितेको हो ।

योसँगै इंग्ल्याण्डले पहिलो पटक एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । र, एकदिवसीय विश्वकप जित्ने नयाँ राष्ट्र बनेको छ । इंग्ल्याण्डले घरेलु मैदानमा सम्पन्न विश्वकपको उपाधिसँगै ४० लाख अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ । जुन पुरस्कार अहिलेसम्म कै सर्वा्धिक रकम हो ।

यस्तै उपविजेता बनेको न्युजिल्याण्डले २० लाख अमेरिकी डलरमा चित्त बुझाएको छ । यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोली अष्ट्रेलिया र भारतले समान ८र८ लाख डलर प्राप्त गरेको छ ।