बाग्मती

खुर्कोटमा ढुंंगाले बाटो छेक्यो, रामेछाप दोलखा,ओखलढुङ्गा मन्थली सडक बन्द

पुष्कर खड्का /रामेछाप । अविरल बर्षाकोसँग आएको पहिरोको कारण रामेछाप –दोलखा –ओखलढुङ्गा–खुर्कोट सडक अवरुद्ध भएको छ । दुई दिनदेखि सडक खुलाउनको लागि अहोरात्र काम भएपनि रामेछाप प्रवेश गर्ने मुख्य नाका खुर्कोटको पुलमा ठूलो ढुंगा खसेकाले सडक खुल्न सकेको छैन् रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसीले पुलको मुखमा ठूलो ढुंगा आएर बसेको कारण सडक खुलाउने प्रयास सफल हुन नसकेको बताइन् ।

उनले भनिन,‘ठूलो दुई वटा मेसिन ल्याएर ढुंगो फुटाउने काम जारी छ, पानी पर्ने क्रम पनि चलिरहेको छ, जसको कारण अवरोध हटाउन गाह्रो भएको छ ।’ रामेछाप मन्थली खुर्कोट सडक खण्डमा अन्यत्रको पहिरो पन्छाउने काम भएपनि पुलको मुखमा निकै ठूलो ढुंगा खसेकाले पन्छाउन काममा कठिनाई देखिएको छ ।प्रजिअ केसीका अनुसार खुर्कोटको पुल भने अहिलेसम्म खतरामुक्त रहेको छ ।

सडक सञ्चालन गर्नको लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय मन्थली नगरपालिका, स्थानीयवासी लागे पनि ढुंगा खुर्कोटको ढुंगा पन्छाउन नसक्दा रामेछाप, दोलखा, ओखलढुङ्गा बाट काठमाडौं आवातजावत गर्ने समस्या भएको छ ।