आर्थिक

महालक्ष्मी विकासको निशुल्क स्वास्थ्य शिविर

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिँदै बैंकको सुकेधारा शाखाले शनिबारका दिन ओम अस्पताल तथा रिसर्च सेन्टरसँगको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । मधुमेह, स्त्री तथा प्रसुती रोग र रक्तचापको विशेष जाँच गरिएको सो शिविर सुकेधारा चोकमा आयोजना गरिएको थियो ।

करिब तीनसय जनाले निशुल्क स्वास्थ्य जाँच गराएको उक्त शिविरमा बैंकको सुकेधारा शाखाले निशुल्क आवश्यक औषधी समेत उपलब्ध गराएको थियो ।

बैंकले वित्तीय कारोबारसँगै आफ्नो कार्यक्षेत्र आसपासका विद्यालय, अशक्त, विरामी, गरिब तथा जेहेन्दार विद्यार्थीलाई आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्घता जनाएको छ ।