राजनीति

हाम्रा पालामा राजनीति गर्दा जेलमा कोच्थ्यो तर हामी बच्चामै राजनीति सिकाउछौंः प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री केपीशर्मा ओलीले नेपालको विकासकालागिअहिले उपयुक्त समय भएको कताएका छन् । राष्ट्रिय युवा परिषदले आयोजना गरेको संघीय नमुना युवा संसदको बैठकलाई आज सम्बोधनगर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले विगतका शासकका कमजोरी र निजी स्वार्थले नेपालको विकास हुननसकेको उल्लेख गरेका छन् । “विगतका शासकहरुको अदुरदर्शीता र निजी स्वार्थका कारणले देशको विकास हुन सकेन तर अब त्यो अवस्था छैन” प्रधानमन्त्री ओलीले भने “अहिले आफ्नो लागीभन्दा देशको स्वार्थलाई माथी राख्नेहरु सरकारमा छन् । त्यस कारण नेपालको विकास गर्न समस्या छैन ।”

प्रधानमन्त्री ओलीले देशमा अहिले कामगर्न सक्ने जनसंख्याको बाहुल्यता भएकोले पनि देश विकासका लागि अनुकुल समय भएको बताएका छन् । “हामीसँग यतिबेला युवा जनसंख्या ४० प्रतिशत र कामगर्न सक्ने जनसंख्या ६० प्रतिशत छ” प्रधानमन्त्री ओलीले भने “जनसंखिक लाभको यो अवसरलाई हामीले सदुपयोग गरेर देश विकास गर्न सक्दछौं ।”

प्रधानमन्त्री ओलीले आफूले २०४० सालतिर जेलमा छँदा खर्पन भन्ने कविता लेखेको स्मरण गर्दै देश विकासका लागि आफू सबै जनतालाई खर्पनमा बोकेर हिड्न तयार भएको उल्लेख गरेका छन् । “देशको विकासका लागि म युवालाई, बालबालिकालाई, ज्येष्ठ नागरिकलाई दुवैतिर खर्पनमा बोकेर हिड्न तयार छु” प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले नमुना युवा सांसदले युवाहरुमा देश कसरी सञ्चालनगर्ने, विकास कसरी गर्ने त्यसका सैद्धान्तिक तरिकाहरु के कस्ता हुन्छन् भन्ने कुरा जानकारी दिने बताए । “उहिले हाम्रा पालामा सरकारले तँ राजनीति गर्ने, मन्त्रीहुने भन्दै जेलमा लगेर कुट्थ्यो” प्रधानमन्त्री ओलीले भने “अहिले सरकारले बोलाएरै तपाईंहरुलाई राजनीतिगर्न सिकाइरहेको छ । यो सिकाइलाई समाज सुधारसाग तपाईंहरुले जोड्नुहुन्छ भन्ने अपेक्षा छ । ”