प्रवास

अष्ट्रेलियामा श्रीमद्भागवत ज्ञानमहायज्ञ, २२ हजार नेपालीको सहभागिता

काठमाण्डौ । नेपाली हिन्दू समाज अष्ट्रेलियाले आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ आज सम्पन्न भएको छ । महायज्ञको समापन श्री १००८ महायोगी वैष्णव कृष्णदासजी महाराजले गरे । सातदिने महायज्ञका क्रममा सिड्नी र वरपर बस्ने करीब २२ हजार नेपालीको सहभागिता थियो ।

पं कुबेर सुवेदी वाचक रहेको महायज्ञबाट करीब २२ हजार अष्ट्रेलियाली डलर सङ्कलन भएको र सो रकम सामाजिक काममा खर्चिने आयोजक समितिक अध्यक्ष प्रञ्चना शर्माले जानकारी दिए । सो अवसरमा सामूहिक व्रतबन्ध र पितृकार्यसमेत सम्पन्न गरिएको भुवन आचार्यले बताए ।

महायज्ञ समापनपछि पं सुवेदीले नेपाल बाहिर पनि नेपाली संस्कृति, धर्म र परम्पराप्रति नयाँ पुस्ताकानेपालीको उत्तिकै चासो पाउँदा आफू निकै उत्साहित भएको बताएयो ।