राजनीति

कोशी ब्यारेजका ५६ वटै ढोका खुलेका छैनन्, ओली सरकारले ढाँटेर हामीमाथी राजनीति गर्न खोज्योः स्थानीयबासी

ईनरुवा । सुनसरीस्थीत कोशाीब्यारेजमा बाढी आएपछि त्यसको निकासको लागि ५६ वटै ढोका खोलेको भनेर प्रदेश सरकारले दिएको सूचना गलत सावित भएको छ । ०६५ साल भदौ २ गते आएको बाढीले ४२ हजार ७६३ जना विस्थापीत भएको रेकर्ड भएको उक्त क्षेत्रमा २४ वटामात्र ढोका खोलेपनि ५६ वटै ढोका खोलेको गलत सूचना दिईएको समाचार छ । एकातिर बाढीको बहाव घटेको देखिएको छैन भने अर्कोतिर भारतीय पक्षले १९९ बर्षका लागि ढोका खोल्न र बन्द गर्न मिल्ने कन्ट्रोल रुम भारतीय पक्षलेमात्र जान पाँउछ भने फेरि कुनैपनि मिडियाले सबै ढोका खोलेको देखाएनन् न त प्रदेशका मन्त्री वा जिल्ला प्रशासन कार्यालय सुनसरीका आधिकारिक व्यक्तीले नै उक्त ढोका खुलेको दृष्य देखाए ।

प्रदेश नम्बर १ का उद्योग मन्त्री जगदीश प्रसाद कुशीयत र आतरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले जानकारी गराएका थिए । त्यहाँस्थीत सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरिले पनि मिडियाहरुलाई जानकारी गराएका थिए । भारतले पुरै ५६ वटै ढोका खोलेको भनेपनि दुईवटा ढोका अहिलेसम्म कहिल्यै नखुलेका र कहिल्यै खोल्न नमिल्ने रहेको समाचार माद्यमहरुले बताईरहेका छन् । तीन लाख ३१ हजार २२० क्यूसेक पानीको बहाव भईसकेको अवस्थामा प्रदेश सरकारले चासोका साथ हेरेर कोशी ब्यारेज गई निरिक्षण गरेको थियो । निरिक्षणपश्चात ४१ वटा ढोका खोलिएको भनिएको भएपनि ५६ वटै खोलेको भनेर प्रचारबाजी भएको स्थानीयबासीले बताएका छन् । अहिलेभने प्रदेश सरकार स्रोतका अनुसार केन्द्र सरकारसँग सबै ढोका खोल्न आग्रह गरिएको र कुटनीतिक प्रयासपछि मात्र सबै ढोका खुल्ने दाबी गरिएको छ ।

तत्कालीन एकीकृत माओबादीका अध्यक्षक्ष पुष्पकमल दहालको सरकारका पालामा ०६५ सालमा एक लाख ६५ हजार क्यूसेक पानी हुँदै बाँध फुटेर ५६३ घरपरिवारको विचल्ली भएको थियो । १९५४ मा राजा महेन्द्र र भारीय प्रधानमन्त्री पं.जवरलाल नेहरुबाट उद्घाटन भएको कोशी ब्यारेज पुलमा असमान सन्धी भयो भन्दै खारेज गर्न अध्यक्ष दहालले नै भूमिगत रुपमा १० बर्षे जनयुद्ध गरेपनि दुईपटक प्रधानमन्त्री भएर पनि कोशी पुलको बिषयमा भारतसँग कुनै कुरा गर्न सकेका छैनन् ।

भारतले कोशी ब्यारेजका पुरै ढोका खोलेमा भारतीय भूभाग जलमग्न हुने आंकलन पनि नभएके होईन । स्थायी निकासका लागि लाग्नुपर्नेमा प्रदेश र केन्द्र सरकारले स्थानीय जनतासंग राजनीति गरेको सुनसरीबासीले आरोप लगाउन थालेका छन् ।