आर्थिक

मुक्तिनाथविकास बैंक र ऊँ समाज डेण्टल हस्पिटलबीच सहकार्य

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक र ऊँ समाज डेण्टल हस्पिटल, चाबहिलबीच बैंकका ग्राहकहरुलाई हस्पिटलको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंक कातर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल तथाऊँ समाज डेण्टल हस्पिटलको तर्फबाट अध्यक्ष सुवास घिमिरेले हस्ताक्षर गरे । यस सम्झौतापश्चातमुक्तिनाथविकास बैंककाभिषा डेबिट कार्डवाहकग्राहकहरूले डेण्टल अस्पताल, चाबहिलमाउपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट पाउने व्यवस्थागरिएको छ ।

मुक्तिनाथविकास बैंकले देशैभरी ११९ वटा शाखा, २५ वटा ए.टि.एम. र छ लाखग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथाकर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बैंकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएम् बाट निःशुल्क रकमझिक्नमिल्ने सेवाहरु उपलब्ध गराएको छ । हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको छ ।