समाचार

मध्यरातमा कोशी पुलका ५६ वटै ढोका खुल्यो, ओली सरकारले गर्यो ऐतिहाशिक काम

ईनरुवा । सुनसरी र सप्तरीलाई बाढी अँएर बाँध भत्किएमा अलि बढी असर पर्ने भाण्टाबारी बाँधका ५६ वटै ढोका खुलेको समाचार छ । बार्ढीका कारण झण्डै चार लाख क्युसेक पानी पगेपछि ३२ वटामात्र ढोका खोलिएको र ती ढोकापनि कतीपय बन्द गर्न भारतीय पक्षबाट दबाब आएको भन्ने समाचार सार्बजनिक भएपनि शनिबार राती सबै छट वटै ढोका खोलिएको जानकारी सुनसरी क्षेत्र नम्बर ४ का प्रदेश साँसद जगदीश प्रकाद कुशियतले दिएका छन् । शनिबारमात्र गृहमन्त्री रामबहादुर थापाले बाढीपहिरोबाट बच्न कुटनीतिक पहल भईरहेको बताईरहेका बेला पानी बग्न स्वतन्त्र रुपबाट दिनेगरी बाँध खोल्नु राम्रो भएको भन्दै सर्बसाधारणबीच प्रशंसा भईरहेको छ ।

रौटहट, सिराहा, मकवानपुर, बिराटनगर, ईटहरी लगायतका स्थानहरु बाढीका कारण जलमग्न छन् । अधिकाँस स्थानमा भारतीय पक्षले दशगजामा बाँध बाँधेका कारण क्षती पुगेपनि सुनसरीमा भने पुलका ढोका नखोल्दा नेपालतीरको बाँध भत्किएर कटानका कारण क्षती पुगेको इतिहास भेट्न सकिन्छ । ढोका सही रुपमा खुलेको हो भने यो एतिहाशिक मात्र नभएर नेपाली जनताका पक्षमा छ । तर राजनीति गर्नका लागिमात्र भए जनताको भावनासँग खेलबाढ गरेको हुन्छ । केही बेरमा समाचारहरुले प्रष्ट गरिहाल्नेछन् ।  पुलको ५६ वटै ढोका खोलेको भए एतिहाशिक र पहिलो कदम नै हुनेछ ।

जगदीश प्रसाद कुशीयतले जानकारी गराउँदै फेसबुकमा लेखेका छन् ,
‘सप्तकोसी पुलमा उच्च जोखिम भएको कारण ३इतिहासमा नै पहिलो पटक सप्तकोसी पुलमा हिजो राति १० बजे कन्ट्रोल रुमले ५६ वटै ढोका खुल्ला गरेको छ ।’