बाग्मती

बाढीपहिरोबाट हुने क्षतीबाट बच्न रामेछापमा सुरक्षा निकाय तयारी अवस्थामा

रामेछाप, पुष्कर खड्का । रामेछापमा अविरल बर्षासँग आएको पानीको कारण हुन सक्ने सम्भावित विपद्लाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लास्थित सुरक्षा निकायलाई तयारी अवस्थामा राखेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले सम्भावित विपद्बाट हुन सक्ने जध धनको क्षतिबाट जोगाउनको लागि सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको बताइन ।

यस अघि नै बसेको जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले नै आवश्यकताको आधारमा नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र नेपाली सेनालाई परिचालन गर्ने निर्णय गरेको थियो ।

प्रजिअ केसीको अनुसार रामेछापको आठ वटै स्थानीय तहमा दुई/दुई सय त्रिपाल र एक/एक सय कमल पठाइएको छ । केही स्थानीय तहले भने त्रिपाल र कमल लैजान बाँकी रहेको छ । प्रशासनले भइपरि आउने सम्भावित दुर्घटनाबाट बच्नको लागि सुरक्षित स्थानमा बस्नको लागि पनि रामेछापवासीलाई आग्रह गरेको छ ।

सम्पर्क:

जिल्ला प्रशासन कार्यालय रामेछाप -048-540133
टोल फ्री-16604854888