राजनीति

गगन प्रधानमन्त्रीलाई भन्छन्ः कुटनीतिक वार्ता गरी हरेक बर्ष भारतको बाँधका कारण हुने बाढीको अन्त्य गरौं

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गगन थापाले बाँधका कारण डुवानमा पर्ने र हरेका बर्ष नेपालीहरुले पाउनुपरेको दुःख सधैंका लागि अन्त्य गर्न प्रधानमन्त्री केपी शर्मँ ओलीलाई आग्रह गरेका छन् । बाढीका बिषयहरु केहीदिन चर्चामा आउने र फेरि सकिने भएकाले यस्ता बिषयलाई सधैंको समाधारका लागि भारतसँग कुटीतिक कदम चाल्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका हुन् ।

नेता थापाले राष्ट्रहितको लागि पहलकदमी लिए काँग्रेस र आफूले समेत सघाउने बचन समेत दिएका छन् । उनले भारतसंग कुटनीतिक वार्ता गरी सधैंका लागि डुवान र बाढीका समस्या अन्त्य गर्नुपर्ने तर्क राखेका छन् ।

नेता थापाले भनेका छन्,
“यस्तो मौसममा प्रत्येक पटक सीमापारीका बाँधले पीडा दिन्छ। केही दिन यो चासोको विषय बन्छ अनि सामसुम हुन्छ। यस पटक यस्तो हुन नदिउ यो गम्भीर विषयमा तपाईंको कुटनीतिक पहलकदमी आवश्यक छ। राष्ट्रिय हितको प्रतिबद्धताका साथ कूटनैतिक पहल लिनुहोस् । हामी सबैको साथ हुनेछ।”