समाचार

दशगजाको बाँध थुनिएर रौतहट भयो जलमग्न, भारत बिरुद्धका नारा लाग्न थाले

रौटहट । चार दिनदेखी देशभर पानी परिरहेको छ । भारतीय पक्षको बाँधका कारण रौतहट जिल्लामा परेको पानीका कारण सदरमुकाम गौरसहितका रौतहटका अधिकाँस स्थान जलमग्न भएक छन् । प्रधानमन्त्री केपी शर्मँ ओलीले सबै सुरक्षाकर्मी लगायतलाई उद्दारमा जुट्न निर्देशन दिएपनि १० फीटभन्दा बढी पानीले भरिएपछि सुरक्षाकर्मीलाई उद्दारमा लाग्न समेत समस्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविन कार्कीले प्रहरी कार्यालय, शसस्त्र प्रहरी कार्यालय तथा प्रहरी यूनिटहरुमा पानीले डुबाएको बताउँदै थप उद्दारका लागि प्रदेश र केन्द्रबाट प्रहरीहरुको लागि अनुरोध गरिएको बताएका छन् । बागमती नदी, लालबकैया नदीमा पानीको उच्च बहावका कारण मत्सरी, बेलबिछवा, पिप्रा रजबाडा, बडहरवा, बन्जरहा, इनर्वा, लक्ष्मिनिया, मर्यादपुर, कटहरीया, बसन्तपट्टी, तेजापाकड, फतुवा महेशपुर, राजपुर, जिंगडवा, मलाही टोल, पोठियाही, गरुडा चन्द्रनिगाहपुर, सन्तपुर मैढा, हर्साहा, लक्ष्मीपुर, फतुवा विजयपुरलगायतका गाँउ र आसपासका क्षेत्र डुवानको चपेटामा परेका छन् ।
रौतहट चन्द्रनिगाहापुर तथा पुर्वपश्चिम राजमार्गको यातायात पूर्णतः अबरुद्ध छ ।

पानीका कारण आधा दर्जन बाँध भत्किएका, कतिपइा स्थानमा संचार सम्पर्क समेत बिच्छेद भएको समाचारमाद्यमहरुले बताईरहेका छन् । भारतले दशगजा क्षेत्रमा बाँधेको बाध्का कारण समस्यामा परेको बताईएको छ । प्रमुख जिल्ला अधिकारीले भारतीय पक्षलाई बाँध खोल्न आग्रह गरेपनि आफ्नो आग्रहलाई सुनुवाई नगर्दा रौतहटबासीले समस्या भोग्नुपरेको बताएका छन् । अहिले रौतहटबासीले भारतको बिरोध गर्दै गो ब्याक ईन्डीया जस्ता स्टाटसहरु सामाजिक संजालमा लेख्न थगालेका छन् । भारतीय पक्षले एकतर्फी रुपमा बाँधेको बाँधका कारण तराईका नेपाली भूभागहरु डुवानमा पर्ने गरेका छन् ।