राजनीति

डा कोईरालाको ओली सरकारलाई आग्रह: मारबाडी समुदायलाई होच्याउनेलाई तत्काल कारबाही गर्नुस्

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्र्रीय सदस्य डा शेखर कोईरालाले मारबाडी समुदायलाई होच्याएको भनदै एशियन पव्लिकेशनलाई ततकाल कारबाही गर्नुपर्ने माग गरेका छन् । डा कोईरालाले एक विज्ञप्ती जारी गर्दै एशियन पब्लिकेशनले प्रकाशन गरेको कक्षा–७ र ८ को ‘हेल्थ फिजिकल एजुकेशन’ नामक पुस्तकमा मारबाडी समुदायलाई होच्याउॅने शब्दहरु प्रयोग गरिएको कुराले गम्भिर बनाएको बताएका छन् ।

डा कोईरालाले उक्त पाठ्यपुस्तकले सँबिधानमा जात–जाती, भाषा, धर्म तथा संस्कृतीका आधारमा कसैलाई पनि भेदभाव गर्न पाईदैन भनेको कुराको ख्ल्लिी ढडेको दाबी गरेका छन् । उनले सरकारले यस प्रकाशन र पाठ्यक्रम बिकास केन्द्रका पदाधिकारीहरुलाई कारबाही प्रक्रिया अगाडी बढाई उक्त पुस्तक बिक्रि बितरणमा तत्कालै रोक लगायन माग समेत गरेका छन् ।

उन भनाई, “पाठ्यनेपालको संबिधानले जात–जाती, भाषा, धर्म तथा संस्कृतीका आधारमा कसैलाई पनि भेदभाव गर्न पाईदैन भनेको छ। तर काठमाडौको एशियन पब्लिकेशनले प्रकाशन गरेको कक्षा–७ र ८ को ‘हेल्थ फिजिकल एजुकेशन’ नामक पुस्तकमा मारबाडी समुदायलाई होच्याउॅने शब्दहरु प्रयोग गरिएको कुराले गम्भिर बनाएको छ। यसमा पाठ्यक्रम बिकास केन्द्रको पनी चरम लापरबाही देखिएको छ।
कसैले पनि कुनै समुदायलाई अपमान गर्ने शब्दहरु प्रयोग गर्छ भने त्यो हामीलाई कुनै पनी हालतमा स्विकार्य हुदैन।
तत्कालै सरकारले यस प्रकाशन र पाठ्यक्रम बिकास केन्द्रका पदाधिकारीहरुलाई कारबाही प्रक्रिया अगाडी बढाई उक्त पुस्तक बिक्रि बितरणमा तत्कालै रोक लगाईनुपर्छ।”