राजनीति

तरकारी काण्डका कारण प्रधानमन्त्री मुख्यसचिवसँग असन्तुष्ट, हटाउनेसम्मको तयारी !

काठमाण्डौ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली मुख्यसचिव लोकदर्शन रेग्मीसँग असन्तुष्ट रहेको बताएका छन् । भारतबाट नेपाल प्रवेश गर्ने तरकारी नेपाल भित्र्याउँदा आफूलाई जानकारी नै नदिएको भन्दै मुख्यसचिव रेग्मीसँग बिच्किएका हुन् । प्रधानमन्त्रीले सार्बजनिक रुपमा नै वालुवाटारमा भएका काम कारबाहीका बारेमा जानकारी निदिएर अप्ठ्यारेमा पारेको जिकिर गरेका हुन् । सिँहदरबारमा भएको ०७५/७६ को सरकारको बार्षिक कार्यसमिक्षा गर्ने क्रममा प्रधानमन्त्री ओलीले मन्त्रालय र सचिवबीचमा देखिएको बिबाद सितहमा आएको भन्दै मुख्यसचिवले त्यसको समन्वय गरेर बिबाद सतहमा आउनबाट रोक्नुपर्ने भनी निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले आफ्नो गृहजिल्लामा अरबौंको बजेट पार्न कार्यालयबाट पठाएको पत्रको बारे अनिभिज्ञता प्रकट गरेको केहिदिनमा नै आईफा, गुठीको लफडामा फसेका थिए भने पछिल्लो समयमा भारतबाट नेपाल तरकारी बिना परीक्षण भित्र्याउन आएको भारको दबाबको बिषयमा लफडामा फसेका छन् । प्रधानमन्त्रीले आफूलाई तरकारी तथा फलफुल भारतबाट नेपाल ल्याउँदा भारतबाट कुनैपनि प्रकारको दबाब नआएको सार्बजनिक रुपमा दाबी गरेका भएपनि उनको दाबीलाई प्रमाणसहित मिडियाले प्रकाशमा ल्याएपछि अप्ठ्यारोमा परेका हुन् । नाकाबन्दीका बेला भारतको आरोचना गरेर राष्ट्रबादी छवि बनाएका ओली अहिले नेपाली जनताकाबीच बद्नामै बद्नाम कमाउन थालिसकेका छन् ।

तरकारी काण्डले मुख्यसचिव हटाउने सम्मको संकेत प्रधानमन्त्री ओलीका कर्मचारीतर्फका असन्तुष्टीले देखाउँछ । मुख्यसचिव हटाउने र नयाँ मुख्यसचिव सरकारले नियुक्त गर्ने कुरा भने चर्चाको बिषय बनिसकेको छ ।