कर्णाली प्रदेश

डोल्पाका बिरामि औंषधी नयाएर विजोगः नेपालगञ्जमै विामानस्थलमा थुप्रियो

बाँके । मुलुकको विकट जिल्लामा सानो–सानो रोगको लागि औष्धी नपाएर विरामीको विगो हुदा औषधीभने सबै विमानस्थान थप्रिएको छ । कर्णाली प्रदेशको दुर्गम डोल्पामा लैजाने लाखौँ मूल्यको औषधि करीब सातादेखि नेपालगञ्ज विमानस्थलमा थन्किएको हो ।

नेपालगञ्जबाट जुफालका लागि हवाई उडान अवरुद्ध भएका कारण उक्त औषधि नेपालगञ्जमै थन्किएको बताईएको छ । औषधि यही थन्किएपछि अहिले डोल्पा अस्पतालमा सिटामोलको समेत अभाव देखिएको अस्पतालले जनाएको छ । जुफाल विमानस्थल चार दिनदेखि नखुलेकोले नेपालगञ्जदेखि जुफाल उडान हुन नसकेको नेपालगञ्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुर बताएका छन ।

मौसममा खराबी आएर जहाजले उडान भर्न नसकेपछि बिमानस्थल बन्द भएको उनले बताएका छन । दुई सातादेखि अस्पतालमा ३० जनाभन्दा धेरै बिरामी भर्ना गरिएका छन् । औषधि अभाव हुन थालेपछि माथिल्लो निकायमा माग गरिएको औषधि नेपालगञ्जमै थन्किएको निमित्त अस्पताल प्रमुख डा सिजन रावलले बताए ।

मौज्जात औषधि सकिँदै गएको अस्पतालले जनाएको छ । विमानस्थलमा चार दिनदेखि बाक्लो हुस्सुले ढाकेको छ । दैनिक उडानको आसमा बसेका यात्रुसमेत मर्कामा परेका छन् । मौसममा खराबी आएपछि नेपालगन्जबाट उडान भर्दै आएका तारा, गोमा, नेपाल एयरलाइन्सलगायतका सरकारी तथा निजी विमान कम्पनीले उडान भर्न नसकेको समिट एयरका स्टेशन इञ्चार्ज पूर्णजङ्ग शाहीले बताएका छन ।