समाचार

देशभर १९ को निधन, हजारौं जनता बिस्तापीत, महामन्त्री डा कोइराला सवार गाडी डुुब्यो

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय महामन्त्री डा शसाँक कोईरालाको गाडी बाढीका कारण डुबानमा परेको छ । बा १७ च ६६६४ नम्बरको डा कोईराला चढ्ने गाडी शुक्रबर काँग्रेस केन्द्रीय समिति बैठक सानेपा जाँदै गर्दा बागमती सडक कोरिडोर अन्तर्गतको पुलमुनी डुबेको हो ।

महामन्त्री डा कोईराला, स्वकीय सचिव भरत तिवारी र चालक सवार रहेको उक्त गाडीलाई चालकले पीच भएकाले पुलमुनीबाटै कटाउने विश्वास लिएपनि पानीमा डुबेपछि समस्का भएको हो । अर्को गाडी ल्याएर उद्दार गरिएका तीनैजना पछि महाराजगंग स्थीत आफ्नै निवास फकिएको बताईएके छ । डुबेको गाडी मर्मतका लागि ग्यारेजमा लगिएको छ भने तीनैजनाको स्वथ्यस्थीति सामान्य रहेको बताईएको छ ।

देशभर परेको अबिरल बर्षका कारण अहिलेसम्म १९ जनाको निधन भईसकेको छ भने ८ जना बेपत्ता र हजारौं बिस्थापीत भएको सरकारी रेकर्ड देखिएका बेला काँग्रेसका शक्तीसाली नेता एबम् केन्द्रीय महामन्त्री डा शसाँक कोईरालाको गाडी समेत डुबानको चपेटामा परेको छ ।