बाग्मती

अवरुद्ध पासाङल्हामु राजमार्ग खुल्यो

रसुवा । बिहीबारदेखि अवरुद्ध पासाङल्हामु राजमार्ग सञ्चालनमा आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका इञ्चार्ज रामशरण कुमालका अनुसार गोसाइँकुण्ड गाउँपालिका–६ धुञ्चे नजिक ब्राबल भिरमा ट्रक बिग्रिँदा सडक अवरुद्ध बनेको हो ।

नुवाकोटको त्रिशूलीबाट आएको प्राविधिक टोलीले ट्रक मर्मत गरेपछि उक्त सडक सञ्चालनमा आएको हो । अहिले सयौँ सवारी साधन गन्तव्यतर्फ शुक्रबरबाट नै गुडेका छन् । वर्षायाममा सवारी साधनले क्षमताभन्दा बढी मालसामान बोक्दा सडक धस्सिने गरेको छ ।