अन्तर्राष्ट्रिय

जनगणनामा नागरिकतासम्बन्धी थप प्रश्न राख्न ट्रम्पद्धारा अस्विकार

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२० मा हुने जनगणनाको प्रश्नपत्रमा नागरिकतासम्बन्धी प्रश्नावली थप्नका लागि थप प्रयास नर्गने भएका छन । उनले केही प्रश्न थप्ने प्रस्ताव गरेकोमा विपक्षी सांसदहरुले अवरोध गरेपछि उनले त्यसका लागि थप प्रयास नर्गने भएको बताईएको छ । राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा बोल्दै उहाँले अमेरिकी प्रशासनले प्रश्नावली थप्न अरु प्रयास नगर्ने बताएका छन ।

त्यसको सट्टामा उनले कार्यकारी आदेश जारी गरेका छन । अमेरिकामा रहेका मानिसलाई अमेरिकी नागरिक हो की होइन भनेर विवरण सङ्कलन गर्न आदेशमार्फत ट्रम्पले सबै सङ्घीय कार्यालयहरुलाई निर्देशन दिएका छन । उनले नयाँ प्रश्नावलीमा “के यो अमेरिकी नागरिक हो ?” भन्ने प्रश्न थप्नुपर्ने प्रस्ताव गरेका थिए ।

जनगणनामा नागरिकतासम्बन्धी यो प्रश्न समावेश गर्ने योजना सर्वोच्च अदालतले गत जुन महीनामा रोकिदिएपछि उनले त्यो प्रस्तावलाई छाडेर कार्यकारी आदेश जारी गरेका हुन । जनगणना देशको सबैभन्दा ठूलो विवरण सङ्कलन गर्ने माध्यम भएकाले त्यसलाई अधिकतम उपयोग गर्नुपर्ने राष्ट्रपति ट्रम्पको भनाइ छ ।

उनले अमेरिकामा रहेका मानिसको नागरिकताको अवस्था यकिन गर्ने प्रयासबाट आफू पछाडि नहट्ने पनि बताएका छन । अहिले जारी गरेको कार्यकारी आदेशसँगै संयुक्त राज्य अमेरिकामा कति नागरिक, कति अनागरिक र कति गैरकानूनी मानिसहरू बसिरहेका छन् भन्ने पत्ता लगाउन यो सूचना सङ्कलन गर्नुपरेको उनले स्पष्ट पारेका छन ।

राष्ट्रपति ट्रम्प प्रश्नावलीमा नयाँ प्रश्न थप्ने प्रयासबाट पछाडि हटेर कार्यकारी आदेश जारी गरेपछि नागरिकतासम्बन्धी थप प्रश्न विना नै जनगणना प्रश्नपत्र छाप्न शुरु भएको अधिकारीहरुले जनाएका छन् ।