बाग्मती

आठ घण्टादेखि अवरुद्ध विमानस्थल सञ्चालन

काठमाण्डौ । यती एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिएका कारण आठ घण्टादेखि अवरुद्ध त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान सेवा सञ्चालन भएको छ ।

विमानलाई तानेर रिमोर्ट पार्किङमा लगिएपछि साँझदेखि विमानस्थलको आन्तरिक तथा अन्तरराष्ट्रिय उडान शुरु भएको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए । धस्सिएको विमानलाई विमानस्थलको पूर्वतर्फ बनेको नयाँ रिमोट पार्किङमा लगिएको छ ।

नेपालगञ्जबाट काठमाडौँ आएको चालकदलसहित ६६ यात्रु सवार यति एयरलाइन्सको एटिआर–७२ विमान विमानस्थलमा अवतरणका क्रममा बिहान ११ः५ बजे चिप्लिएको थियो । विमान धावनमार्गबाट करीब १०० मिटर पर घाँसे मैदानमा धस्सिएको थियो । विमान धस्सिएपछि विमानस्थलको सम्पूर्ण उडान अवरुद्ध भएको थियो । नेपाली, सेना, नेपाल प्रहरी र विमानस्थलका प्राविधिकसहितको टोलीले विमानलाई हटाएको थियो ।