मनोरञ्जन

शिव र बुनु श्रेष्ठको “तिमी ओके” बोलको गीत सार्बजनिक (भिडियोसहित)

काठमाण्डौ । गायक शिव परियार र गायिका बुनु श्रेष्ठको स्वर रहेको “तिमी ओके” बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार गीतलाई साउन्ड मिलको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको छ ।

सार्वजनिक गीतमा कृष्ण भारद्वाजको शब्द, नेत्र काफ्लेको संगीत रहेको छ । गीतलाई जीवन बडूले एरेन्ज गरेका हुन् । गीतको भिडियोमा अहिलेको चर्चित मोडल अन्जली अधिकारी, गम्भीर बिष्ट र सुरेन्द्र बसेललाई फिचरिंग गरिएको छ ।

भिडियोलाई गम्भीर बिष्टले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । नबराज उप्रेतीले छायांकन गरेको यस गीतलाई नबिन निरौलाले सम्पादन गरेका हुन् ।यस गीतलाई स्टुडियो साउन्ड मिल मा रेर्कडिङ गरिएको हो । महेश्वर मान राजभण्डारीले मिक्सिङ ,मास्टरिङ रहेको गीतलाई रेकर्डिस्ट फुर्बा तामाङले गरेका हुन् ।